मोबाइल डाटाबाट २६ सामाजिक सञ्जाल बन्द : एनसेल


काठमाडौँ।

मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो मोबाइल डाटाबाट सरकारले प्रतिबन्ध लगाएका सामाजिक सञ्जाल प्रयोग गर्न नसकिने जनाएको छ।

कम्पनीले बिहीबार विज्ञप्ति जारी गर्दै यसबारे प्रयोगकर्तालाई जानकारी गराउँदै सम्भावित असुविधाप्रति क्षमा प्रकट गरेको छ।

नेपाल सरकारले सूचीकरण नगरेका २६ सामाजिक सञ्जाल प्लेटफर्मलाई रोक लगाउने निर्णय गरेपछि एनसेलले सो निर्णय कार्यान्वयन गर्न बाध्य भएको स्पष्ट पारेको हो।

सो निर्णयबारे सर्वसाधारणबीच समर्थन र आलोचना दुवै भइरहेको छ।