काठमाडौं ।
सरकारले सूचीकृत नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेकोमा नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण जनाएको छ। महासंघले उक्त निर्णय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिकको सूचना प्राप्तिको अधिकारमाथि प्रहार भएको भन्दै आपत्ति जनाएको छ।
महासंघले कुनै वैकल्पिक व्यवस्था नगरी सामाजिक सञ्जाल बन्द गर्नु प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र नागरिकको सूचनाको हकमा प्रतिकूल असर पार्ने भन्दै तत्काल उक्त निर्णय फिर्ता लिन सरकारसँग माग गरेको छ।
महासंघ सामाजिक सञ्जालको नियमनको पक्षमा रहेको भए पनि अभिव्यक्ति स्वतन्त्रतामा असर पुग्ने गरी सञ्चारमाध्यमको नियन्त्रण अस्वीकार्य रहेको स्पष्ट पारेको छ।
महासंघका महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा तत्काल सामाजिक सञ्जालमाथिको नियन्त्रण हटाउन जोडदार माग गरिएको छ।












प्रतिक्रिया