प्रधानमन्त्री ओली बिरामी, सबै कार्यक्रम स्थगित


काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएका छन्।

हिजोमात्रै चीन भ्रमण सकेर स्वदेश फर्किएका ओलीको स्वास्थ्यमा समस्या देखिएपछि उनका सबै सार्वजनिक कार्यक्रमहरू स्थगित गरिएको छ।

एक स्रोतका अनुसार स्वास्थ्य अवस्था स्थिर नभए पछी विश्राम आवश्यक भएकाले कार्यक्रमहरू रद्द गरिएको स्रोतले जनाएको छ ।