काठमाडौं ।
दोस्रो विश्वयुद्धमा जापानमाथि चीनले हासिल गरेको विजयको ८० वर्ष मनाउन बुधबार चीनको राजधानी बेइजिङमा हालसम्मकै सबैभन्दा ठूलो विजय दिवस आयोजना ग¥यो । यस अवसरमा राष्ट्रपति सी चिनफिङले तियानमेन स्क्वायरमा सम्बोधन गर्दै आम चिनियाँ जनतालाई इतिहास सम्झन र जापानविरुद्ध लडेका सैनिकहरूलाई सम्मान गर्न यो दिवस मनाइएको बताउनुभयो ।
यो चीनको अहिलेसम्मको सबैभन्दा ठूलो सैन्य परेड हो । परेडअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ–उनसहित विश्वका २५ देशका नेताहरू सीसँगै मञ्चमा देखा पर्नुभएको थियो ।
परेडमा चीनले आफ्नो नयाँ हतियारहरू पनि प्रदर्शन गरेको छ । चीनले अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइललाई डीएफ–६१ नाम प्रदर्शन गरेको छ । यो ठूलो मिसाइल आठ पाङ्ग्रे ट्रकमा राखिएको छ ।
यसमा जेएल–१ हावाबाट प्रक्षेपित ब्यालिस्टिक मिसाइल, जेएल–३ पनडुब्बीबाट प्रक्षेपित ब्यालिस्टिक मिसाइल र जमिनबाट प्रक्षेपित आईसीबीएम डीएफ–३१ को नयाँ संस्करण समावेश गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले लामो दूरीको मिसाइलहरूको यो समूहले पहिलोपटक जमिन, पानी र हावाबाट चीनको आणविक शक्ति देखाउने जनाएको छ । परेडमा पहिलोपटक अत्याधुनिक हेलिकप्टरहरू पनि प्रदर्शन गरिएको थियो । चीनले परेडमा एन्टी–सिप मिसाइल वाईजे–१७ पनि प्रदर्शन गरेको थियो । चीनले सामान्यतया यी मिसाइलहरूको लागि वाईजे प्रयोग गर्दछ ।
वाईजे १७ डीएफ–१७ मिसाइलको नयाँ संस्करण हो । यो पहिलोपटक २०१४ मा उल्लेख गरिएको थियो । डीएफ–१७ हाइपरसोनिक ग्लाइड सवारी साधनले सुसज्जित मध्यम दूरीको ब्यालिस्टिक मिसाइल हो ।
परेडमा पहिलोपटक उन्नत हेलिकप्टरहरू पनि प्रदर्शन गरिएको थियो ।चीनले आफ्नो विजय दिवस परेडमा पीएचएल–१६ बहु रकेट लन्चर पनि प्रदर्शन गरेको छ । यसलाई ताइवानले खरिद गरेको अमेरिकी लकहिड मार्टिन हाई मोबिलिटी आर्टिलरी रकेट प्रणालीको चिनियाँ संस्करण भनिन्छ ।











प्रतिक्रिया