काठमाडौँ ।
नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज अपराह्न ३ बजे च्यासलस्थित पार्टी कार्यालयमा बस्ने भएको छ। बैठकमा पार्टीको दोस्रो विधान महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव तथा साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुनेछ।
बैठकपछि प्रतिवेदनहरू पारित गरी भदौ २०–२२ गते ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा हुने विधान महाधिवेशनमा पेश गरिनेछ। महाधिवेशनमा २,३५० जना सहभागी हुनेछन्। राजनीतिक प्रतिवेदन अध्यक्ष केपी शर्मा ओली, विधान संशोधन प्रस्ताव उपाध्यक्ष विष्णुप्रसाद पौडेल र साङ्गठनिक प्रतिवेदन महासचिव शङ्कर पोखरेलले प्रस्तुत गर्नेछन्।











प्रतिक्रिया