काठमाडौँ ।
राष्ट्रिय सभाअन्तर्गतका दुई समिति आज बैठक बस्दैछन्। अपराह्न १२:३० बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सिंहदरबारमा २९७औँ बैठक बस्दैछ, जहाँ प्रत्यायोजित विधायन र नेपाल कानुन समाजसँग सहकार्यबारे छलफल हुनेछ। बैठकमा कानुन समाजका अध्यक्ष पुष्पा भुसाल र कार्यक्रम निर्देशक मोहनलाल आचार्यलाई आमन्त्रण गरिएको छ।
यस्तै, दिउँसो १ बजे सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको ३०५औँ बैठक बस्नेछ। बैठकमा आगामी वर्षको वार्षिक कार्ययोजना तथा लुम्बिनी प्रदेशमा गरिएको अनुगमन प्रतिवेदनमाथि छलफल गरिनेछ।











प्रतिक्रिया