देशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह


काठमाडौं ।

हाल मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणमा रहेकोले देशभर मौसम बदली भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षा हुन सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ।

आज बिहान कोशी र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र चट्याङ परेको छ। दिउँसो देशभर सामान्य बदली रहनेछ भने पहाडी र केही तराई क्षेत्रहरूमा मध्यम वर्षा र हावाहुरीको सम्भावना छ।

राति पनि पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।