काठमाडौं।
सर्बियाका नोभाक जोकोभिचको सामना फेरि एकपटक स्पेनका युवा खेलाडी कार्लोस अल्काराजसँग हुने भएको छ । यूएस ओपनअन्तर्गत क्वार्टरफाइनल खेलमा ३८ वर्षीय जोकोभिचले अमेरिकाका टायलर फ्रिजलाई चार सेटमा हराएका हुन् । योसँगैं उनले फाइनलमा पुग्न वर्तमान सुपरस्टार अलकाराजसँग प्रतिस्पर्धा गर्नु परेको छ ।
जोकोभिचको सुनौला करिअर सकिने अवस्था छ । तर, उनी कीर्तिमानी २५ औं ग्रान्डस्लाम उपाधि जित्ने लक्ष्यमा छन् । उनको लागि २५ औं ग्रान्डस्लाम उपाधि जित्ने साइत भने मिलेको छैन । अलकाराज जोकोभिचभन्दा १६ वर्ष कान्छो खेलाडी हुन् । अलकाराजले जोकोभिचलाई गत वर्ष विम्बल्डनमा हराएका थिए । जुन हारले जोकोभिचको २५ औं ग्रान्डस्लाम उपाधि जित्ने धोको पूरा हुन सकेन ।
जोकोभिचले यदि, अलकाराजलाई हराए पनि उनको लागि अर्को सुपरस्टारसँग प्रतिस्पर्धा गर्नु पर्ने हुन्छ । अर्का नयाँ सुपरस्टार इटालीका यानिक सिनर हुन् । अहिले अलकाराज र सिनर दुबैले पुरुष टेनिसमा वर्चश्व बनाइरहेका छन् । जसरी केही दशक अगाडिसम्म जोकोभिच, रोजर फेडेरर र राफायल नाडालको वर्चश्व थियो, अलकाराज र सिनरको पनि उस्तै वर्चश्व बनिरहेको छ । यसमा, फेडेरर र नाडाल रिटायर्ड भइसके भने जोकोभिच भने सक्रिय छन् ।











प्रतिक्रिया