काठमाडौं ।
काभ्रेको धुलिखेलस्थित मालपोत कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले बुधबार छापा मारेको छ।
छापाको क्रममा मुद्दा फाटका कर्मचारी ज्ञानेन्द्र भण्डारीलाई २ लाख रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिएका छन्।
आयोगले भ्रष्टाचार विरुद्धको अनुसन्धानका क्रममा कारबाही अघि बढाएको जनाएको छ।











प्रतिक्रिया