२०७ एम्पुल लागूऔषध सहित एक जना पक्राउ

1.41k
Shares

उदयपुर ।

उदयपुरमा प्रतिबन्धित लागु औषध सेवन तथा कारोबार गर्नेहरको संख्या दिनानुदिन बढ्दै गएको छ भने हालै उदयपुर प्रहरीले २०७ एम्पुल प्रतिबन्धित लागुऔषध सहित १ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार मंगलबार दिउसोको समयमा उदयपुरको र सप्तरी जिल्लाको सीमा नजिकको लालपत्ता प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले सप्तरीको कदमाहाबाट गाईघाटतर्फ आउँदै गरेको सार्वजनिक सवारी साधन विंगर गाडीमा चेक जाँच गर्ने क्रममा झोलाभित्र लुकाई छिपाई ल्याएको प्रतिबन्धित लागु औषध फेनार्गन ६९ एम्पुल ,डाईजेपाम ६९ एम्पुल र बुप्रिनोर्फिन ६९ एम्पुल गरी जम्मा २०७ एम्पुल प्रतिबन्धित लागू औषध सहित त्रियुगा नगरपालिका वडा नं १० बोक्से बस्ने वर्ष ३३ को डेनिल बस्नेतलाई पक्राउ गरेको हो ।

पक्राउ परेका बस्नेतलाई सम्मानीत उदयपुर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।