काठमाडौँ ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर रहेकाले कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली, अन्य पहाडी भूभागमा आंशिक बदली, र बाँकी क्षेत्रमा मुख्यतया बदली भएको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार प्रमुख नदीहरूको बहाव सतर्कता तहभन्दा तल रहे पनि महाकाली नदीको बहाव सतर्कता आसपास पुगेको छ। बुधबार सङ्खुवासभा, सोलुखुम्बु, दोलखा, रसुवा, जाजरकोट, दैलेख लगायतका जिल्लामा बहने साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम उच्च रहेको छ।
त्यस्तै, काठमाडौँ उपत्यका, इलाम, धादिङ, गोरखा, डोल्पा, अछाम, कैलाली लगायतका जिल्लामा पनि साना नदीहरूको बहाव उल्लेख्य रूपमा बढ्ने सम्भावना रहेको छ। सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।













प्रतिक्रिया