प्रतिनिधिसभाको बैठक आज, विविध विधेयकमा छलफल हुने


काठमाडौँ ।

प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ। बैठकमा राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रहरू पढेर सुनाइनेछ।

सभामा ‘जलस्रोत विधेयक’ टेबुल गरिनेछ भने कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ मा राष्ट्रियसभाबाट भएका संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यक्रम छ।

यसैबीच, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि आज बस्नेछ, जसमा आव २०८१|८२ को वार्षिक प्रतिवेदन र २०८२|८३ को कार्य योजना मस्यौदामाथि छलफल हुनेछ।