प्रतिभा भएका अभागी क्रिकेटरहरू

1.13k
Shares

विश्वमा क्रिकेट खेलाडीका लागि एउटा भएपनि अन्तर्राष्ट्रिय खेल खेल्ने आस हुन्छ । यसका लागि घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गर्नुका साथै फस्र्ट क्लास क्रिकेटमा राम्रो खेल्नु आवश्यक हुन्छ । कति खेलाडी घरेलु क्रिकेटमा जमेपछि राष्ट्रिय टोलीमा स्थान बन्छ । तर, यहाँ केही खेलाडी छन् । जसले घरेलु क्रिकेटमा राम्रो खेलेपनि अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने अवसर नै जुटेन । प्रतिभा भएपनि अन्तर्राष्ट्रिय खेल खेल्न नपाएका यी हुन् अभागी क्रिकेटरहरुः

जेमी कक्स

ऑस्ट्रेलियाका जेमी कक्सले कहिले पनि अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने अवसर प्राप्त भएन । १९८७ देखि २००५ सम्म उनले घरेलु क्रिकेट खेलेका थिए । फस्र्ट क्लास क्रिकेटमा उनले ५१ शतक प्रहार गरे । उनले करिअरमा १८ हजार भन्दा बढी रन बनाएका छन् । यसको बावजुद उनलाई अस्टे«लियाको लागि छनोट गरिएन ।

रजिन्दर गोएल

रजिन्दर गोएल रणजी ट्रॉफी इतिहासमा सबैभन्दा विकेट लिने बलर हुन् । बायाँ हातका स्पिनर गोएलले फस्र्ट क्लास क्रिकेटमा १५७ खेलमा ७५० विकेट लिएका थिए । उनी हरियाणाका खेलाडी हुन् । तर, उनले कहिल्यै भारतीय टोलीबाट खेल्न पाएनन् ।

डन शेफर्ड

इंग्ल्यान्डका डन शेफर्ड मध्यम गतिका फास्ट बलर हुन् । उनी फस्र्ट क्लास क्रिकेटमा सर्वाधिक विकेट लिने बलर हुन् । उनले फस्र्ट क्लास क्रिकेटमा २२१८ विकेट लिएका थिए । यतिका विकेट लिँदा पनि उनलाई कहिल्यै अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने मौका दिइएन । २०१७ मा ९० वर्षमा निधन भएका शेफर्डले १९५० देखि १९७२ सम्म खेलेका थिए ।

फ्रेन्कलिन स्टीफेंसन

फ्रेन्कलिन स्टीफेंसन मध्यक्रमका अट्याकिंग ब्याटरका साथै फास्ट बलरसमेत हुन् । फस्र्ट क्लास और लिस्ट ए क्रिकेटमा गरी उनले १३ हजार भन्दा बढी रन बनाए । साथै उनले १२४० विकेटसमेत उनको नाममा गरे । तर, पनि वेस्ट इन्डिजको छनोट समितिले उनलाई कहिल्यै मुख्य टोलीमा छनोट गरेन ।

अमोल मजूमदार

भारतका अमोल मजूमदारले डेब्यू फस्र्ट क्लास खेलमै २६० रन बनाएका थिए । उनले फस्र्ट क्लास क्रिकेटमा ११ हजारभन्दा बढी रन बनाए, ३० शतक प्रहार गरे तर पनि उनलाई भारतको टोलीमा सामेल गराएन । वास्तवमा सचिन तेन्दुलकर, राहुल द्रविड़, भीभीएस लक्ष्मण र सौरभ गांगुली जस्ता ब्याटर जमेपछि उनलाई स्थान नभएको जनाएको थियो ।