सिन्धुली ।
सिन्धुलीमा मङ्गलवार भएको दुई वटा छुट्टा छुट्टै दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अरु पाँच जना घाइते भएका छन् । मङ्गलवार दिउँसो विपि राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका ९ नयाँबस्ती नजिकै बर्दीबासबाट कटारीतर्फ जाँदै गरेको ग २ ख ११४१ नम्बरको बसले विपरीत दिशाबाट बर्दीबासतर्फ जाँदै गरेको बा १६ प ७३३६ नं. मोटरसाईकललाई ठक्कर दिई दुर्घटना हुँदा चालक काभ्रेको भुल्लु गाउँपालिका ९ घर भई हाल काठमान्डौ महानगरपालिका वडा न. ७ बस्ने अन्दाजी १८ वर्षका शौगात माझीको मृत्यु भएको हो ।
दुर्घटनामा परी टाउको र छातीमा चोट लागी गम्भीर घाइते भएका मोटरसाईकल चालक माझीको सिन्धुली अस्पतालमा उपचारको क्रममा दिउँसो साढे दुई बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
मोटरसाईकललाई ठक्कर दिने बस महोत्तरी बर्दीबास न.पा. ३ बस्ने बर्ष अं. ३८ को चित्र बहादुर थापा मगरले चलाएका थिए । मोटरसाईकलको पछाडि सवार भारतको मोतिह्यारी घर भई हाल काठमान्डौ महानगरपालिका वडा न. ७ बस्ने अन्दाजी १८ वर्षका सागर आलम गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्य प्रकास सुवेधीले जानकारी दिए ।
टाउको र छातीमा चोट लागी गम्भीर घाइते भएका आलमको सिन्धुली.अस्पतालमा उपचार भइरहेको छ । बस र चालक प्रहरीले नियन्त्रणमा लिएको छ ।

मङ्गलवार नै मध्य पहाडी लोकमार्ग सडक खण्ड अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका. वडा नं १ कुडुलेमा सुमो गाडी दुर्घटना हुदाँ चार जना घाइते भएका छन् । घाइते हुनेमा दोलखाको भिमेश्वर नगरपालिका वडा नं ०७ बस्ने ४७ बर्षको ज्ञान बहादुर खड्का, पाल्पाको रामपुर नगरपालिका. वडा नं ३ बस्ने ३२ वर्षका सचिन मल्ल, ओखलढुङगाको सिद्दिचरण नगरपालिका वडा नं ११ बस्ने २५ बर्षकी करिश्मा बस्नेत, ओखलढुङगाकै सिद्दिचरण नगरपालिका वडा नं ११ बस्ने २२ बर्षकी निरुता बस्नेत रहेका छन । घाइते सबै जनाको अबस्था सामान्य रहेको र ग्वालटार स्थित भुबनेश्वरी स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात् थप उपचारको लागी काठमाडौँ पठाइएको छ । चालक ओखलढुङगा सुनकोशी गाउँपालिका वडा नं १० बस्ने ३१ वर्षका सुरज गिरिलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।











प्रतिक्रिया