निजी क्षेत्रका विद्यालयलाई समाप्त पर्ने काम गरिँदैन : गृहमन्त्री लेखक (भिडियो)


काठमाडौँ। 

गृहमन्त्री रमेश लेखकले  संसदीय समितिबाट पारित भएको विद्यालय शिक्षा विधेयकमा रहेको निजी विद्यालयलाई क्रमशः गैर नाफामूलक बनाउँदै लैजाने प्रस्ताव हटाइने बताएका छन्।   आइतबार एक कार्यक्रममा बोल्दै उनले भने- निजी विद्यालयलाई क्रमशः गैर नाफामूलक बनाउँदै लैजाने भन्ने विषयमा म प्रस्ट पर्न चाहन्छु। त्यो व्यवस्था हटाइन्छ।  निजी क्षेत्रका विद्यालयलाई समाप्त पर्ने काम गरिँदैन। यसमा कुनै दुबिधा छैन। यो मन्त्रिपरिसदमा समेत छलफल भैसकेको छ। यो व्यवस्था बदल्नु पर्छ।’

उनले सरकारी  विद्यालयलाई पनि राम्रो बनाउदै लैजाने  बताए। उनले भने, सरकारले निःशुल्क शिक्षादिने हो। तर  निजी विद्यालयमा पढ्न चाहने  विद्यार्थीलाई पढ्ने व्यवस्था गर्ने हो। निजी क्षेत्रका विद्यालयलाई जीवित राख्ने हो।’ 

शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिबाट पारित भएको शिक्षा विधेयकको कतिपय प्रावधान निजी विद्यालय हित विपरित रहेको भन्दै निजी विद्यालयका छाता संगठनहरूले आन्दोलन गर्दै आएका छन्।