काठमाडौं ।
भारतीय नेशनल डिफेन्स कलेजमा सञ्चालन भईरहेको नेशनल डिफेन्स कोर्समा सहभागी विभिन्न राष्ट्रका शिक्षार्थी तथा सङ्काय सदस्यहरूको भ्रमण दल नेपाल आएको छ ।

आइतबार जङ्गी अड्डामा आयोजित कार्यक्रममा प्रधान सेनापति महारथी अशोक राज सिग्देल र भारतीय नेशनल डिफेन्स कलेजका Additional Secretary (IRPS) रेखा यादवबीच शिष्टाचार भेटघाट भएको थियो । भेटघाटपछि भ्रमण दलका सदस्यहरूलाई नेपाली सेनाको संगठन, भूमिका तथा गतिविधिबारे जानकारी गराइएको नेपाली सेनाले जनाएको छ ।

‘Neighborhood Study Tour’ अन्तर्गत नेपाल भ्रमणमा आएको उक्त टोलीले काठमाडौंका साथै नेपालको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरूको पनि अवलोकन गर्ने कार्यक्रम रहेको छ ।
यस किसिमका अध्ययन भ्रमणहरूले दुवै देशबीचको सैनिक सम्बन्धलाई अझ सुमधुर बनाउन, आपसी अनुभव आदानप्रदानमा योगदान पुर्याउन र नेपालको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास नेपाली सेनाले लिइएको छ ।











प्रतिक्रिया