पानी ट्याङ्कीमा डुबेर बालिकाको मृत्यु

4.79k
Shares

 सिन्धुली। 

 सिन्धुलीकाे गोलन्जोर गाउँपालिकामा हिजो साँझ  पानीको ट्याङ्कीमा डुबेर एक जना बालिकाको मृत्यु भएको छ । गाेलन्जाेर गाउँपालिका वडा नं. ६ अर्चलेका रबिन रम्तेलको अन्दाजी २ बर्षकी छाेरी प्रिन्सिका रम्तेल आफ्नै घरको आँगनमा रहेको पानी ट्यांकीमा डुबेर मृत्यु भएको हाे ।

 बालिकाको मृत्यु भएको खबर पाए पछि प्रहरी चौकि ग्वालटारबाट प्रहरी सहायक निरिक्षक बल बहादुर माझी र इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरिक्षक बसन्त बहादुर भुजेलको कमाण्डमा गएको टोलीले प्रारम्भिक अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । शव पाेष्टमाटमकाे लागि आज सिन्धुली अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।