काठमाडौँ।
लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुनको निधन भएको छ। उपचारका क्रममा काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्ज अन्तर्गत मनमोहन सेन्टरमा शनिबार उनको निधन भएको हाे ।
करिब एक महिना अघि स्वास्थ्य समस्या भएपछि उनलाई काठमाडौं ल्याइएको थियो। अस्पतालमा एकैपटक दुई वटा ठूलो शल्यक्रिया गरिएको थियो। पहिलो अपरेसनमार्फत उनले छोरीलाई जन्म दिएकी थिइन् भने दोस्रो अपरेसनका क्रममा उनको मुटुमा कृत्रिम भल्भ प्रत्यारोपण गरिएको थियो।
प्रदेशसभा सदस्य पुन एमालेबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित भएकी थिइन् । उनी लुम्बिनी प्रदेशसभाको अर्थ, पर्यटन तथा विकास समितिकी सदस्य समेत थिइन् ।











प्रतिक्रिया