जनकपुर।
शनिबार दिउँसो धनुषाको जनकपुर उपमहानगरपालिका–२०, झण्डा चोकमा हिन्दु र मुस्लिम समुदायबीच विवाद हुँदा एक जना स्थानीय घाइते भएका छन्।
दिउँसो २ः२० बजेतिर गणेशको मूर्ति विसर्जनको क्रममा हिन्दु पक्षका करिब २५०–३०० जना र मुस्लिम पक्षका करिब ५०–६० जना बीच विवाद उत्पन्न भएको थियो। विवाद बढ्दै जाँदा ढुङ्गा–मुढा समेत चल्दा एक जना घाइते भएका हुन्।
स्थितिलाई नियन्त्रणमा लिन नेपाल प्रहरीले अतिरिक्त फोर्स परिचालन गरेको छ भने सशस्त्र प्रहरीले समेत दुई राउन्ड ग्याँस सेल प्रहार गरेको जनाइएको छ। तत्कालै प्रस्तावित सीमा सुरक्षा गुल्म जटहीबाट सशस्त्र प्रहरीका ७० जना सहित नेपाल प्रहरीको संयुक्त टोली खटिएको हो।
प्रहरी र सशस्त्र प्रहरीको उपस्थितिले केहीबेरमै अवस्था नियन्त्रणमा आएको भए पनि स्थानीय प्रशासनले थप सुरक्षा व्यवस्था कडा बनाएको छ। प्रहरीले दुवै पक्षलाई शान्त रहन आग्रह गरेको छ भने घाइतेको उपचार स्थानीय अस्पतालमा भइरहेको छ।











प्रतिक्रिया