काठमाडौं।
रौतहट, चन्द्रपुर नगरपालिका-४ काठे पुलस्थित सडकमा स.१० प ७७३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक सप्तरी राजपुर नगरपालिका-९ बस्ने ३५ वर्षीय अशोक कुमार यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको हाईवे अस्पताल चपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
चितवन, भरतपुर महानगरपालिका-१० विशाल चोकमा रमाईलो चोकबाट विशालचोकतर्फ आउँदै गरेको बा.१५ च ४६९३ नम्बरको कार अनियन्त्रित भई गए राति दुर्घटना हुँदा चालक सोही महानगरपालिका-२ आँपटारी बस्ने २९ वर्षीय बिप्लब भट्टको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
ललितपुर, ललितपुर महानगरपालिका-१५ सातदोबाटोस्थित सडकमा बा.७२ प ९५९१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा चालक काठमाडौं महानगरपालिका-३२ बालकुमारी बस्ने दाङ घर भएका २८ वर्षीय सुरेश चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डबि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
सिराहा, मिर्चैया नगरपालिका-७ जिवा टोलस्थित सडकमा फुलबरियाबाट नरहातर्फ आउँदै गरेको प्रदेश २-०१-००३ प ३३६५ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७० वर्षीया कुन्ती देवी साहको मृत्यु भएको छ । शुक्रबार बेलुकी भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल लाहानमा थप उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको हो । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।











प्रतिक्रिया