प्रधानमन्त्री ओली चीनमा, राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता आजै


काठमाडौ ।

प्रधानमन्त्री केपी शर्मा ओली शाङ्घाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुन शनिबार चीनको तियानजिन शहर आइपुगेका छन्।

मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली स्थानीय समयअनुसार दिउँसो ३:१५ बजे हिमालय एयरलाइन्सको विशेष विमानमार्फत तियानजिन विनहाइ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरे।

प्रधानमन्त्रीलाई स्वागत गर्न चीन सरकारका उच्च अधिकारी, नेपालका लागि चीनका राजदूत डा. कृष्णप्रसाद ओली र चीनका लागि नेपालका राजदूत चेन सोङलगायत उपस्थित थिए।

प्रधानमन्त्री ओलीले एससीओ शिखर सम्मेलनमा औपचारिक सम्बोधन गर्ने कार्यक्रम छ। त्यसक्रममा उनले सदस्य तथा संवाद साझेदार मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखसँग द्विपक्षीय भेटवार्ता गर्ने तालिका रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सबैभन्दा महत्वपूर्ण भेटवार्ता प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच आजै हुने कार्यक्रम तय भएको छ। सो भेटमा नेपाल–चीन सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विषयमा छलफल हुने अपेक्षा गरिएको छ।