काठमाडौं ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले महानगर प्रहरीलाई राजधानीको पहिचान बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरेका छन्।
शनिबार काठमाडौंमा आयोजित ३३औँ महानगर प्रहरी दिवसको अवसरमा उनले ७५३ पालिकामध्ये काठमाडौंलाई राजधानीको रूपमा स्थापित गर्न नगर प्रहरीको ठूलो योगदान रहेको बताएका हुन्।
मेयर बालेनले भने, “आफूले गरेका धेरै कामहरू हामीलाई याद हुँदैनन् तर यहाँ प्रस्तुत गतिविधिहरू हेर्दा गर्व लाग्छ। महानगरपालिकाको पहिचान निर्माणमा नगर प्रहरीको भूमिका उल्लेखनीय छ।”
उनका अनुसार सार्वजनिक सम्पत्ति संरक्षण, अतिक्रमण नियन्त्रण, सुशासन र सुव्यवस्था कायम गर्नेदेखि अनुगमनका कामसम्ममा महानगर प्रहरीको उपस्थिति उदाहरणीय बनेको छ।
उनले थपे, “तपाईंहरूले गरेको काम हेर्दा कतिपय बेला सिनेमा हेरेजस्तो लाग्छ—यति व्यवस्थित र प्रभावकारी। यस्तो काम अरू पालिकाका लागि पनि प्रेरणा बन्नुपर्छ।”











प्रतिक्रिया