सुख्खा पहिराेले राजमार्ग बन्द


धादिङ ।

पृथ्वीराजमार्ग अन्तरगत धादिङकाे बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १० बादरेमोडमा सुख्खा पहिरो खस्दा राजमार्ग बन्द भएको छ ।

सडकमाथिबाट पहिरो खसेर राजमार्ग अवरुद्ध हुँदा सवारीसाधन राेकिएकाे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए । राजमार्गको पहिरो हटाउन प्रयास भइरहेको प्रहरीले जनाएको छ ।