बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ


काठमाडौं।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी बुढानिलकण्ठ नगरपालिका-१० निलोपुल बस्ने भक्तपुर चाँगुनारायण नगरपालिका-८ घर भएका ४२ वर्षीय अर्जुन नेपाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत भक्तपुरबाट बैंकिङ कसूर मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बुढानिलकण्ठ नगरपालिका-१० निलोपुलबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।