काठमाडौं ।
काठमाडौंको चाबहिलबाट प्रहरीले २७ वर्षिया रवि लामालाई सामाजिक सञ्जालमा नक्कली आईडी बनाएर ठगी गरेको आरोपमा बुधबार पक्राउ गरेको छ।
उनले फेसबुक, ह्वाट्सएप, टिकटकमा नक्कली परिचयपत्र प्रयोग गरी साथी बनाएर उपचार र रोजगारीजस्ता बहानामा सहयोग मागेर ठगी गरेका थिए।
पक्राउ परेका लामालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।











प्रतिक्रिया