चिनी आपूर्तिमा दीर्घकालीन र पारदर्शी नीति आवश्यक : सांसद साउद


काठमाडौँ ।

नेपाली कांग्रेसका सांसद एनपी साउदले चिनी आपूर्ति सन्तुलन गर्न दीर्घकालीन, पारदर्शी र समन्वययुक्त नीति आवश्यक रहेको बताएका छन्। प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले उद्योगी तथा किसानको हितलाई ध्यानमा राखी राष्ट्रिय हितअनुकूल नीति बनाउन सरकारसँग माग गरे।

सांसद साउदले सरकारले अनुदान रकम कटौती गरेको र बक्यौता नपाएको कारण किसानहरू फेरि आन्दोलनमा उत्रन बाध्य भएको बताए। उनले उखु किसानलाई प्रति क्विन्टल ७० रुपैयाँ कृषि अनुदान पुनः उपलब्ध गराउन र बक्यौता रकम छिटो भुक्तानी गर्न माग गरे।

उनका अनुसार २०६६ सालदेखि पटक–पटक आन्दोलन गर्दै आएका किसानहरू सरकारको आश्वासनपछि गाउँ फर्किए पनि समस्या भने अझै समाधान भएको छैन।