राष्ट्रपतिबाट फिर्ता पठाइएको विधेयक भदौ १९ मा पुनः संसद्मा


काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले सन्देशसहित फिर्ता पठाएको ‘संवैधानिक परिषद् सम्बन्धी पहिलो संशोधन विधेयक २०७९’ भदौ १९ गते प्रतिनिधिसभामा पुनः प्रस्तुत गरिने भएको छ।

शुक्रबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले भदौ महिनाको लागि तय गरिएको क्यालेन्डरअनुसार उक्त मितिमा विधेयकमाथि पुनर्विचार प्रस्ताव पेश गर्ने निर्णय गरेको हो।