काठमाडौं ।
शिक्षक महासंघले आन्दोलनको पहिलो चरणअन्तर्गत शुक्रबार नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा धर्ना दिएको छ।
बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म दुई घण्टा धर्ना बसेर महासंघले ध्यानाकर्षण पत्र बुझाएको हो।
महासंघले आगामी चरणमा नेपाली कांग्रेस र नेकपा एमालेको कार्यालयमा पनि यस्तै कार्यक्रम गर्ने जनाएको छ।











प्रतिक्रिया