उदयपुर ।
उदयपुरको चौदण्डीगढी नगरपालिका ३ अजिंङ्गरे गाउँमा बिहीबार भएको आगलागिमा परेर करिब १० लाख बराबरको काठपात भाडा वर्तन लगायतका मालसामान जलेर नष्ट भएको छ ।
बिहीबार 3 : 40 बजे चौदण्डीगढी नगरपालिका वडा नं ०३ अजिङ्गरे बस्ने वर्ष ५६ को बल बहादुर राईको काठको टाटीबेरा र टिनको छाना भएको भान्सा घरमा अचानक आगलागी भई करिब १० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको होे ।
आगलागीबाट उक्त १ तले भान्सा घर, घर भित्र रहेको अन्नपात, भाडावर्तन, लताकपडा लगायत फर्निचरका सामानहरु जलेर नष्ट भएको छ, उक्त आगलागी दमकल, स्थानीय मानिस र प्रहरीको संयुक्त प्रयासमा 4:45 बजे पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।











प्रतिक्रिया