काठमाडौं ।
शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिबाट पारित भएको शिक्षा विधेयकको कतिपय प्रावधान निजी विद्यालय हित विपरित रहेको भन्दै निजी विद्यालयका छाता संगठनहरू प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमए ले संयुक्त आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्।
मागहरू:
१) कम्पनी ऐन अनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयहरूलाई “गैर नाफामूलक” बनाउँदै लगिने भन्ने प्रावधान हटाइन पर्ने ।
(२) पूर्ण छात्रवृत्ति” भन्ने शब्द हटाइनु पर्ने ।
(३) विद्यालयहरूमा उत्पादन नहुने सामग्रीहरू जस्तै पोशाक, पाठ्यपुस्तक, शैक्षिक सामग्री, यातायात, खाना, खाजा र अन्य सुविधा लगायतका प्रावधान खारेज गर्नुपर्ने ।
(४) छात्रवृत्ति वितरणको अधिकार सम्बन्धित विद्यालयमा रहनुपर्ने, पालिका प्रतिनिधिको सहभागितामा एक पारदर्शी समिति गठन गरी लक्षित वर्गलाई वितरण गर्न सकिने व्यवस्था गरिनुपर्ने ।
(५) छात्रवृत्ति सम्बन्धी ऐन, २०२१ को दफा ३(क), नियमावली, २०६० को नियम १० (क) मा ४५% आरक्षण छात्रवृत्ति सम्बन्धी व्यवस्था तथा केही नेपाल ऐन संशोधन गर्ने ऐन २०७७ ले ११ वटा विश्वविद्यालयमा कक्षा ६ देखि १० सम्म सामदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीले मात्र उच्च शिक्षा तथा सिटीइभिटी कार्यक्रम अन्तर्गत अध्ययन गर्न पाउने व्यवस्थामा भएको विभेदकारी उल्लेखित ऐन नियमका दफाहरू खारेज गरिनु पर्ने ।
कार्यक्रम :
(१) मिति २०८२ भाद्र १३ गते विहान ११ बजे हरेक जिल्ला सदरमुकाममा आन्दोलनरत सबै संस्थाहरूको सदस्य विद्यालयहरूको अनिवार्य उपस्थितिमा बृहत खबरदारी सभा गर्ने । उपत्यकाको हकमा माइतीघर मण्डलामा भेला भई प्याली हुँदै कोण सभामा परिणत हुने ।
(२) मिति २०८२ भाद्र १४ र १५ गतेको आगामी कार्यक्रमका लागि आ- आफ्ना संस्थाहरूले व्यापक तयारी बैठक गर्ने ।
(३) मितिः २०८२ भाद्र १६ गते विहान ११ बजे देशैभरिका स्कुलबसहरूमा कालोझण्डा / ब्यानर सहित विद्यालयको पायक पर्ने चोकमा उतारी नगर परिक्रममा गर्ने । काठमाडौं उपत्यकाको हकमा २७ किमी चक्रपथ वरिपरि तथा जिल्लाहरूमा प्रतिघण्टा २० किमीको गतिमा भव्य याली गर्ने । उक्त ज्यालीमा सबै सङ्गठनका केन्द्रीय / प्रदेश / जिल्ला र र पालिकाका सम्पूर्ण पदाधिकारी, सदस्यहरू तथा सबै विद्यालय सञ्चालक, प्रिन्सिपलज्यूहरूको अनिवार्य उपस्थिति हुनु पर्नेछ ।
(४) मिति २०८२ भाद्र १७ गते आगामी कार्यक्रमका लागि आ- आफ्ना संस्थाहरूले व्यापक तयारी तथा समिक्षा बैठक गर्ने ।
(५) मिति २०८२ भाद्र १८ गते विहान ११ बजे हरेक जिल्ला सदरमुकाममा आन्दोलनरत सबै संस्थाहरूको सदस्य विद्यालयहरूको अनिवार्य उपस्थितिमा बृहत खबरदारी सभा गर्ने उपत्यकाको हकमा माइतीघर मण्डलामा भेला भई प्याली हुँदै कोण सभामा परिणत हुने ।
(६) मिति २०८२ भाद्र १८ गतेसम्म पनि हाम्रो मागको सकारात्मक सुनवाइ नभएमा अनिश्चितकालसम्मका लागि विद्यालय बन्दसम्मका कार्यक्रम घोषणा गर्ने ।
आन्दोलन अन्तर्गत भदौ १३ गते देशभर बृहत खबरदारी सभा, भदौ १६ गते विद्यालय बससहितको याली लगायतका कार्यक्रम तय गरिएको छ।
भदौ १८ गतेसम्म पनि मागको सुनुवाइ नभए अनिश्चितकालीन विद्यालय बन्द गर्ने चेतावनी दिइएको छ।











प्रतिक्रिया