स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ


काठमाडौं ।

ललितपुरका ३१ वर्षीय छबिन्द्र हुमागाई स्लोभाकिया पठाइदिन्छु भन्दै तीन जनाबाट ५ लाख ३१ हजार रूपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका छन्।

उनी पीडितहरूसँग रकम लिएर सम्पर्कविहीन भएका थिए। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई ललितपुरबाट पक्राउ गरी वैदेशिक रोजगार विभाग, ताहाचल पठाएको छ।