रेड नोटिसमा फरार कृष्ण सुनार कुवेतबाट पक्राउ


काठमाडौं ।

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलको ‘रेड नोटिस’मा परेका सुर्खेत भेरीगङ्गा नगरपालिका–२ का कृष्ण सुनार कुवेतमा पक्राउ परेका छन्।

कुवेतको राष्ट्रिय अपराध अनुसन्धान विभागसँगको समन्वयमा उनलाई पक्राउ गरी बुधबार नेपाल ल्याइएको हो।

सुनारलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाइने प्रहरीले जनाएको छ।