रोशी गाउँपालिकामा लेदो पहिरो: बीपी राजमार्ग अवरुद्ध


काठमाडौं ।

काभ्रेको रोशी गाउँपालिका–९ बिरुवा डाँडा र वडा नम्बर–११ पिपलबोटमा लेदो सहितको पहिरो खस्दा बीपी राजमार्ग अवरुद्ध भएको छ।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय चितवनका एसपी नरेश सुवेदीका अनुसार, घटनास्थलमा ट्राफिक प्रहरी र इलाका प्रहरी कार्यालय मंगलटारको टोली परिचालित गरिएको छ।

जेसीबीको सहायताले पहिरो हटाएर सडक खुलाउने प्रयास जारी छ। अवरुद्ध स्थान मंगलटारबाट करीब २०० मिटरको दूरीमा पर्छ।