थाक्रेको पहिरोले काठमाडौं–मुग्लिङ सडक दुईतर्फी अवरुद्ध


काठमाडौं ।

धादिङको थाक्रे गाउँपालिका–७, सातकिलोमा पहिरो खस्दा काठमाडौं–मुग्लिङ सडकखण्ड दुईतर्फी अवरुद्ध भएको छ। बिहीबार बिहान साढे तीन बजे पहिरो खसेपछि सडक बन्द भएको हो।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार राति पनि एकपटक पहिरो खसेको थियो। पहिरो हटाएर केहीबेर सवारी सञ्चालन गरिएको भए पनि पुनः बिहान पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो। अहिले पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ।