अख्तियारको पत्राचारप्रति मिडिया अलाइन्सको आपत्ति, गोप्य श्रोत माग्न नपाइने चेतावनी


काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक दैनिकमा प्रकाशित समाचारसँग सम्बन्धित अडियो, त्यसको श्रोत, प्रदान गर्ने व्यक्तिको नाम र सम्पर्क माग्दै पत्राचार गरेकोप्रति मिडिया अलाइन्स नेपालको गम्भीर ध्यानाकर्षण भएको छ। अलाइन्सका अध्यक्ष भाष्करराज राजकर्णिकारद्वारा जारी विज्ञप्तिमा अख्तियारको उक्त कदम संविधान, कानुन र पत्रकार आचारसंहिताविपरीत भएको जनाइएको छ।

विज्ञप्तिमा पत्रकारिता स्वतन्त्रता र गोप्य श्रोतको संरक्षण सुनिश्चित गर्न अख्तियारले पत्र फिर्ता लिन र भविष्यमा यस्ता दवाव नदिन आग्रह गरिएको छ। अन्यथा कानुनी उपचार खोज्न बाध्य हुने चेतावनी समेत दिइएको छ। साथै, सञ्चारमाध्यमलाई जनताको सूचना अधिकार र स्वतन्त्र पत्रकारिताको पक्षमा नझुकिकन समाचार सम्प्रेषण गर्न आह्वान गरिएको छ।