काठमाडौं ।
नेकपा (एमाले) का केन्द्रीय सदस्य ऐन महरविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ। साइबर ब्युरोको अनुरोधमा पुर्जी जारी भएको हो।
एक महिलाले महरविरुद्ध साइबर अपराध सम्बन्धी जाहेरी दर्ता गराएकी थिइन्। यसअघि पनि उनले प्रहरीमा उजुरी दिएकी थिइन्। बझाङका महर अनेरास्ववियु हुँदै पार्टी केन्द्रीय सदस्य बनेका हुन्।
उनी प्रतिनिधिसभा निर्वाचनमा पराजित उम्मेदवार हुन्।











प्रतिक्रिया