ओलीको विश्वासको मत प्रकरणमा सर्वोच्चको कागजात झिकाउने आदेश


काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मतसम्बन्धी विवादमा सर्वोच्च अदालतले आवश्यक कागजात झिकाउन आदेश दिएको छ।

अधिवक्ता वीरेन्द्र केसीको रिटमा सुनुवाइ गर्दै न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासले नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता तथा पुनः समर्थनसम्बन्धी संसद् सचिवालयमा पठाइएको पत्र माग गरेको हो।

साथै, मन्त्री अरुणकुमार चौधरीको राजीनामा पत्र पनि अदालतले झिकाउन आदेश दिएको छ।