काठमाडौं ।
दोलखाको भीमेश्वर नगरपालिकामा मंगलबार राति भएको मोटरसाइकल दुर्घटनामा दुई युवकको ज्यान गएको छ।
भीमेश्वर नगरपालिका–६ रमिते डाँडास्थित सडकमा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा ती युवकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।
मृत्यु हुनेमा भीमेश्वर नगरपालिका–५ माटीका २४ वर्षीय शिरिष बस्नेत र बैतेश्वर गाउँपालिका–३ चिलाउनेखर्कका २५ वर्षीय सुजन दाहाल रहेका छन्।
शिरिष बस्नेत गौरीशंकर बहुमुखी क्याम्पस, चरिकोटका स्ववियु सभापति हुन् भने सुजन दाहाल चरिकोटस्थित एक होटलमा सवारी चालकका रूपमा कार्यरत थिए।
काठमाडौंबाट चरिकोटतर्फ जाँदै गरेका बस्नेतले चलाएको बा ५३ प ८८९९ नम्बरको मोटरसाइकल लामोसाँघु–जिरी सडक खण्डमा बा.प्र.०२–०३४ प ३२४२ नम्बरको मोटरसाइकलसँग ठोक्किएको थियोे ।











प्रतिक्रिया