आज गणेश चतुर्थी पर्व, विशेष पूजा आराधना हुँदै,देशभर मनाइँदै


काठमाडौँ ।

आज भाद्र शुक्ल चतुर्थीका दिन विघ्नहर्ता भगवान् गणेशको जन्मोत्सवका रूपमा गणेश चतुर्थी पर्व देशभर मनाइँदैछ। शिवपार्वतीका पुत्र गणेशलाई अग्रपूजाको अधिकार प्राप्त भएकाले विशेष पूजा गरिन्छ।

काठमाण्डौं उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक लगायतका मन्दिरहरूमा भक्तजनको भीड देखिएको छ।

धर्मशास्त्र अनुसार हरितालिका तीज व्रतको पारायण गरी मध्याह्नमा गणेशको पूजा गर्ने विधान रहेको छ। नेवार समुदायमा यस दिन बालबालिकालाई ुछुस्यामुस्याु बाँड्ने परम्परा पनि छ।

वि।सं। २०६५ देखि राजधानीलगायत प्रमुख सहरहरूमा चतुर्थीको भोलिपल्ट गणेश रथयात्रा निकाल्ने चलन चल्दै आएको छ। यसै दिन वि.सं . २०६४ मा राष्ट्रिय धर्मसभाको स्थापना भएकाले स्थापना दिवसको रूपमा पनि यो दिन मनाइन्छ।