काठमाडौ ।
काठमाडौं उपत्यकामा हरेक वर्ष मनाइने ऐतिहासिक तथा सांस्कृतिक महत्वको इन्द्रजात्रा पर्वलाई थप व्यवस्थित गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सरोकारवालासँग परामर्श बैठक गरेको छ।
मन्त्री बद्री पाण्डेको उपस्थितिमा भएको बैठकमा जात्राको परम्परागत महत्व जोगाउँदै व्यवस्थापन सुधार, पाँच करोडको अक्षय कोषको कार्यान्वयन र सुरक्षा योजना लगायतका विषयमा छलफल गरिएको थियो।
बैठकले गुठीगानाको अधिकार अक्षुण्ण राख्दै स्थानीय वडासँग समन्वयमा सहज वातावरण बनाउने, सांस्कृतिक पक्षको संरक्षण गर्ने र नियमित योजना निर्माणमार्फत जात्रा व्यवस्थापनको साझा रणनीति अघि बढाउने निर्णय गरेको छ।
बैठकमा विभिन्न वडाध्यक्ष, जात्रा व्यवस्थापन समिति, हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रम तथा संग्राहलय विकास समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।











प्रतिक्रिया