काठमाडौं ।
संखुवासभाको खाँदबारी नगरपालिका–४ स्थित सेकाहा च्यानडाँडामा सुख्खा पहिरो खस्दा स्थानीय धर्मगुरु दोर्ची लामाको घर पूर्ण रूपमा भत्किएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार जस्तापाताले छाएको दुई तले ढुंगामाटोको घर मंगलबार बिहान पहिरोले क्षतिग्रस्त बनाएको हो।
मानवीय वा पशुचौपायाको क्षति नभए पनि करिब पाँच लाख रुपैयाँ बराबरको सम्पत्ति नोक्सानी भएको अनुमान गरिएको छ। पीडित परिवारका अनुसार घरमुनि निर्माणाधीन कोशी राजमार्गको सडक खण्डमा एक्स्काभेटरले ढुंगा फुटाउँदा जमिन चिराचिरा परेको र पहिरोको जोखिम बढेको थियो।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा पहिरो हटाइएपछि अहिले सडक सुरक्षित रहेको जनाइएको छ। धर्मगुरु लामा स्थानीयको सहयोगमा बनाइएको सामूहिक घरमा बसोबास गर्दै आएका थिए।











प्रतिक्रिया