इजरायल र जापान पठाउने भन्दै ठगी गर्ने २ जना पक्राउ


काठमाडौं ।

वैदेशिक रोजगारीको लागि इजरायल र जापान पठाइदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन्।

स्याङ्जाका २८ वर्षीय सुसन ताम्राकारले इजरायल पठाउने भन्दै एक व्यक्तिबाट १२ लाख रूपैयाँ लिएका थिए भने काठमाडौंका ५० वर्षीय योगेन्द्र घलेले जापान पठाउने भन्दै ६ लाख रूपैयाँ लिएका थिए।

पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई पक्राउ गरी थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको छ।