काठमाडौं ।
जातीय विभेद गरेको आरोपमा धादिङको गजुरी गाउँपालिका–२ का मिलन श्रेष्ठ पक्राउ परेका छन्। उनले गोरखाकी मनिका परियारसँग विवाह गरे पनि दलित भएको थाहा पाएपछि सम्पर्कविहीन बनेका थिए।
गर्भवती श्रीमती माइती बक्राङ फर्किएपछि छोरा जन्माएकी थिइन् तर श्रेष्ठले छोराको जन्मदर्तासमेत गराएका छैनन्।
गोरखा प्रहरीले श्रेष्ठलाई धादिङबाट पक्राउ गरी अनुसन्धानका लागि ५ दिनको म्याद लिएको जनाएको छ।











प्रतिक्रिया