न्यौपाने राज्य व्यवस्था समिति सभापतिमा उम्मेदवार


काठमाडौं ।

नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापति पदमा उम्मेदवारी दर्ता गरेकी छन्।

पूर्व सभापति रामहरि खतिवडाले राजीनामा दिएपछि कांग्रेसको निर्णयमा न्यौपानेले उम्मेदवारी दिएकी हुन्।

उनको प्रस्तावक कांग्रेस सांसद खतिवडा र समर्थक एमाले सांसद कृष्णगोपाल श्रेष्ठ छन्। निर्वाचन बुधबार दिउँसो ३ बजे समितिको बैठकमा हुने संसद् सचिवालयले जनाएको छ।