काठमाडौं ।
स्याङ्जाको वालिङ नगरपालिका–५ मा मोटरसाइकलको आवाज चर्को बनाएको निहुँमा भएको कुटपिटबाट एक युवकको ज्यान गएको छ।
३२ वर्षीय ढालबहादुर थापालाई चापाकोटबाट आएका युवाहरूको समूहले कुटपिट गरेका थिए। गम्भीर घाइते थापाको गण्डकी मेडिकल कलेज, पोखरामा उपचारका क्रममा भदौ ८ गते बिहान मृत्यु भएको हो।
जिल्ला प्रहरीले घटनामा संलग्न ८ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामाथि कर्तव्य ज्यान मुद्दा दर्ता गरी १० दिनको म्याद थप गरिएको छ।











प्रतिक्रिया