पूर्व राष्ट्रपति भण्डारी र रास्वपा प्रवक्ता मनिष झाबीच भेटवार्ता


काठमाडौं । 

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले भेटवार्ता गरेका छन्।

भण्डारी निवास भंगालमा करिब डेढ घण्टा भएको उक्त भेटमा वर्तमान राजनीतिक अवस्था, सहकारी प्रकरण र नयाँ पुस्ताको राजनीतिमा प्रवेशबारे छलफल भएको थियो।

भण्डारीले रवि लामिछानेप्रति सद्भाव व्यक्त गर्दै नयाँ पुस्तालाई राजनीतिमा सघाउन आफू तयार रहेको बताएको प्रवक्ता झाले जानकारी दिएका छन ।