काठमाडौं ।
सरकारले सेवा प्रवाहलाई सहज बनाउन २३ जिल्लामा नयाँ इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो प्रस्ताव प्रशासन समितिमा पठाएको छ।
जनसंख्या, भौगोलिक कठिनाइ र सेवा पहुँचमा देखिएको असमानता समाधान गर्न गृह मन्त्रालयले कार्यालय विस्तार गर्न लागेको हो।
गृहमन्त्री रमेश लेखकले नागरिकलाई सरल र प्रभावकारी सेवा दिने नीति अनुसार आगामी दिनमा थप इलाका प्रशासन कार्यालय खोल्ने योजना रहेको मन्त्रालयले जनाएको छ।











प्रतिक्रिया