काठमाडौं ।
कांग्रेसले ईश्वरी न्यौपानेलाई प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समिति सभापति बनाउने निर्णय गरेको छ। सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले निर्णय गरेको हो।
न्यौपाने यसअघि संयुक्त संसदीय सुनुवाइ समितिका सभापति पनि भइसकेका छन्। आज दिउँसो १ बजे सभापति मनोनयन कार्यक्रम तोकिएको छ।
यसअघि निजामती विधेयकमा कुलिङ पिरियड समावेश गर्ने विषयमा उठेको विवादपछि तत्कालीन सभापति रामहरि खतिवडाले राजीनामा दिएका थिए।
छानबिन समितिले खतिवडा र सचिव सुरजकुमार दुरालाई नैतिक रूपमा दोषी ठहर गरेको थियो।











प्रतिक्रिया