काठमाडौं ।
काठमाडौंको माइतीघरमा उखु किसानहरू तीन दिनदेखि धर्नामा बसेका छन्।
उखु किसान महासंघ संघर्ष समितिको आह्वानमा आयोजित आन्दोलनमा किसानहरूले प्रतिक्विन्टल रु ७० का दरले बक्यौता भुक्तानी गर्न माग गरेका छन्।
साथै, चालु आर्थिक वर्ष २०८२|८३ को बजेटमा अनुदान छुटेकोमा आपत्ति जनाउँदै, २०८१|८२ मा बिक्री भएको उखुको रु १ अर्ब ६० करोड तत्काल भुक्तानी गर्नुपर्ने माग गरेका छन्।
उनीहरूले आगामी वर्षमा अनुदान निरन्तर दिन र मूल्य निर्धारण आपसी छलफलबाट गर्नुपर्ने माग समेत गरेका छन्। किसानहरू प्लेकार्डसहित शान्तिपूर्ण धर्नामा सहभागी छन्।











प्रतिक्रिया