चित्लाङको बाटोमा युवक मृत फेला


काठमाडौं ।

काठमाडौंको चन्द्रागिरि नगरपालिका–४, चित्लाङस्थित बाटोमा एक युवक मृत अवस्थामा फेला परेका छन्।

मृतक मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१, सर्वाग घर भएका ३२ वर्षीय सुजन थिङ भएको प्रहरीको भनाइ छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।